लायन्स द्वारा एकै दिन ६ वटा सामाजिक कार्य सम्पन्न

देबेन्द्र एस के शाही , १२ भदौ, लायन्स क्लब समाजिक सेवाका लागी स्थापित सस्था हो र समाज मा लोकप्रिय सस्था पनि हो । समाज परिवर्तन र बिकासका लागी विभिन्न कार्य गर्ने गर्दछ । लायन्स क्लब अफ पोखरा मर्दि हिमाल क्लब द्वारा पोखराको केदारेश्वर संस्कृत विधापिठ मा ” वटुक भोजन , मसलन्द वितरण ,औषधी वितरण , आई स्कृनिङ्ग ,मास्क वितरण , तथा आई चेकअप” गरि ६ प्रकारका विभिन्न कार्यक्रम डारेक्टर लायन सुवास अधिकारी तथा कोषाध्यक्ष लायन सन्तोष रावल को संयोजकत्वमा सम्पन्न भयो  ।

उक्त कार्यक्रममा प्रमुख अतिथि ,लायन वेलफेयर बैंक चिफ लायन मिलन थापा , विशिष्ट अतिथि केदारेश्वर विधापिठ डा  लेखनाथ आचार्य , विशिष्ट अतिथि रिजन चियर पर्सन कृष्ण कोईराला विशिष्ट अतिथि जोन चियर पर्सन लायन निरज पन्त
अतिथि डिष्ट्रिक्ट ए ओ जी लायन निरन के सी , गण्डकी मेडिकल कलेज कि आखा बिशेषज्ञ डाक्टर सरीता  तुलाधर ,अप्टोमेस्टिक विन्दु पौडेल पन्त साथै यस क्लब का सम्पुर्ण लायन स्वंयसेवक लिडर उपस्थिति रहनु भयको थियो ।
पोखराका विभिन्न मुख्य चोकहरु ,विधापिठ वटुकहरु,कास्की प्रहरी,ट्राफिक प्रहरीहरु साथै वाटो हिड्ने वटुवाहरु लाई मास्क वितरण गरि कार्यक्रम सम्पन गरियो ।कार्यक्रममा उपस्थित रहि सहयोग गर्नुहुने सम्पूर्ण महानुभावहरुलाई क्लवका संस्थापक अध्यक्ष लायन सुजन श्रेष्ठ ले धन्यवाद व्यक्त गरे