चर्चा कमाउन बिग बोस ओटीटी फेम उर्फी जावेदले फेरि मोजाको ब्रा लगाएर रोड्मा हिडेपछी

पोखरा भ्वाइस सम्वाददाता, भाद्र ३१ ,बिग बोस ओटीटी फेम उर्फी जावेद सानो पर्दाकी चर्चित अभिनेत्री हुन् । हालै बिग बोसमा देखिएकी उर्फी पहिलो हप्तामै आउट भइन् । शोबाट बाहिरिएपछि उनी आफ्नो ड्रेसअपका कारण लगातार चर्चामा छिन् । पछिल्लो समय उर्फी सामाजिक संजालमा निकै सक्रिय देखिएकी छिन् ।हालै एयरपोर्टमा ब्रा देखाउँदै पुगेका कारण उनलाई निकै ट्रोल गरिएको थियो ।

अहिले फेरि उनी मोजाको ब्रा बनाएर लगाएपछि फेरि ट्रोल बेनकी छिन् । मंगलबार उर्फीले बैजनीको पेन्टसँग गाढा बैजनी रंगको मोजालाई ब्राको रुपमा लगाएर पोज दिइन् । त्यसपछि सामाजिक संजालमा उनको चर्चा निकै चुलियो ।

सोही समयमा उनले पापाराजीलाई पनि पोज दिइन् । यसपछि उनको फोटो लाई लिएर निकै ट्रोल गरिएको छ । स्वयं उर्फीले पनि यो लुकमा कैयौं फोटोहरु शेयर गरेकी छिन् । फोटो शेयर गर्दै उनले आफूले मोजाको ब्रा बनाएको र टिसर्टलाई काटेर आफ्नो यो नयाँ आउटफिट बनाएको बताएकी छिन् ।