under featured image
Sky Link

आगामी दुई साता थप चुनौतीपूर्ण: प्रधानमन्त्री केपी शर्मा

देशबासीलाई सम्बोधन

Above News Headline

२५ चैत, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी दुई साता थप चुनौतीपूर्ण हुनसक्ने बताएका छन् । मंगलबार देशबासीलाई सम्बोधन गर्दै उनले यो अवधिमा थप संक्रमित देखिने मात्र होइन, समुदायमा संक्रमण फैलिने जोखिम रहेको बताएका हुन् ।

कोरोनाको संक्रमण फैलिन नदिन सरकारले काम गरिरहेको र केही दिनमै नयाँ ट्रेसिङ एप सुरु गर्ने तयारी भइरहेको बताए ।
प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउनको कारण दुई साता नेपाली नागरिक घरभित्रै बस्नु परेको विषयमा आफू संवेदनशील रहेको बताएका छन् ।

Bg Hospital

नेपाल कोरोनाको संक्रमणको जोखिममा रहेका कारण लकडाउन गर्नुपरेको भन्दै उनले यो बाध्यता भएको पनि बताए । ‘दुई सातादेखि मुलुक लकडाउनमा छ । यसबाट तपाईहरुमा पर्न गएको असुविधाप्रति म संवेदनशील छु’, मंगलबार देशबासीको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘दैनन्दिन ज्यालादारी गरेर गुजारा गर्नुपर्ने श्रमिकहरु सर्वाधिक मर्कामा हुनुहुन्छ ।धेरै व्यवसायीले आफ्नो व्यवसाय बन्द गर्नुपरको छ । विद्यार्थीका पढाइ छुटेको छ ।’ उनले विगतको आफ्नो जेल बस्दाको दिन समेत सम्झिदै अगाडि भने, ‘जेलमा यन्त्रणपूर्ण वर्षहरु र लामो एकान्तबास बिताएको मैले लामो समय एकान्तबास बस्दाको कठीनाई सहजै अनुभूत गर्न सक्छु । तर नियन्त्रणका लागि हालसम्म कुनै औषधि पत्ता नलागेको यस महामारी विरुद्ध लकडाउन अपरिहार्य कदम हो भन्ने सबैलाई थाहा छ ।’

लकडाउनकै कारण महामारी फैलन नदिने सरकारको प्रयासमा ठूलो सहयोग पुगेको पनि उनले बताए ।

Trident conecpt
vianet
PCC Mela

Leave A Reply

Your email address will not be published.