under featured image
Sky Link

१९ हजार परिवारलाई राहत वितरण गर्दै पोखरा महानगर

Above News Headline

पोखरा भ्वाइस सम्बाददाता,
पोखरा, २५ चैत

कोरोना भाइरसको रोकथाम तथा नियण्न्त्रण गर्न सरकारले देशभर लकडाउन गरेपछि अति विपन्न, दैनिक ज्यालादारी गरेर जीविकोपार्जन गर्ने लगायतको चल्हो निभ्न नदिन पोखरा महानगरपालकाले राहत वितरण सुरु गरेको छ । पोखरा महानगरपालिकाले ३३ वटै वडामा गरी १९ हजार ४ सय ४० परिवारलाई राहत वितरणको व्यवस्था मिलाएको हो

गत चैत १९ गते बसेको ३७ औं नगर कार्यपालिका बैठकले राहत विरणको लागि लाभग्राही छनोट मापदण्ड बनाएको र सोही अनुसार लाभग्रही छनोट गरी राहत वितरण गर्न सुरु गरिएको पोखरा महानगरपालिका प्रमुख मानबहादुर जिसीले जानकारी दिए । उनका अनुसार ३३ वटै वडाबाट लाभग्राही छनोट गरी वडा कार्यालयहरु मार्फत् राहत वितरणको व्यवस्था मिलाइएको जिसीले जानकारी दिए । राहत वितरणसँगसँगै कोरोना संक्रमण फैलिन सक्ने भएकोले यसतर्फ सजग र सतर्क रही व्यवस्थित रुपमा वितरणको व्यवस्था मिलाउन सबै वडा कार्यालयहरु आग्रह गर्दै जिसीले राहत पाउने लाभग्राहीलाई पनि संयमित र अनुशासित रुपमा भौतिक दूरी कायम गरी राहत लिन आग्रह गरेका छन् ।

Bg Hospital

लाभग्राही छनोट मापदण्ड अनुसार कुनैपनि आयको स्रोत नभएका, दैनिक ज्याला मजदुरी गरी जीवनयापन गर्ने परिवार तथा अन्य कसैबाट पनि उचित स्याहार सुसार नपाएका, (वृद्ध, असाहय, अशक्त, गर्भवती महिला, दीर्घरोगी, टुहुरा बालबालिका र फरक क्षमता भएका व्यक्ति) लाभग्राहीको रुपमा छनोट गरिएको छ । त्यसैगरी सामाजिक सुरक्ष भत्ता प्राप्त नगरेका, लकडाउनका कारण अलपत्र परेका स्वदेशी तथा विदेशी, धार्मिकस्थलमा भेटी÷चन्दा संकलन गरी जीविकोपार्जन गर्ने व्यक्तिलाई लाभग्राहीको रुपमा छनोट गरिने मापदण्ड महानगरले बनाएको छ ।पोखरा २४ मा राहत वितरणको लागि तयार पारिएको खाद्यान्न

महानगरले ४ जना वा सो भन्दा बढी संख्या भएको परिवारलाई फुल प्याकेज र ३ जनाको परिवारलाई आधा प्याकेज राहत उपलब्ध गराउने छ । फूल प्याकेजमा २५ केजी चामल, १ केजी नुन, १ लिटर तेल, २ केजी रातो दाल, एक केजी कालो दाल, केरा र चना एक÷एक केजी रहेको छ भने आधा प्याकेजमा साढे १२ केजी चामल, १ केजी नुन, आधा लिटर तेल, रातो दाल १ केजी, कालो दाल आधा केजी र चना आधा केजी रहेको महानगरका सूचना अधिकारी भरतराज पौडेलले बताए । पौडेलका अनुसार ११ हजार परिवारलाई फूल र ८ हजार ४ सय ४० परिवारलाई आधा प्याकेज राहत वितरण गरिने छ । राहत वितरणको लागि फूल र आधा प्याकेजको छुट्टा छुट्टै कुपन बनाएर वडामा पठाइएको छ ।

पोखरा उद्योग वाणिज्य संघ, नेपाल उद्योग वाणज्यि महासंघ गण्डकी, लेखनाथ उद्योग वाणिज्य संघ, पोखरा चेम्बर अफ कमर्शको समन्वयमा पोखराका विभिन्न खाद्य सप्लायर्सहरुले राहत सामग्री उपलब्ध गराउने व्यवस्था मिलाइएको पौडेलले बताए । अति विपन्न, दैनिक ज्यालादारी गरेर जीविकोपार्जन गर्ने लगायतलाई राहत उपलब्ध गराउन महानगरपालिकाले २ करोड ४८ लाख ५० हजारको राहत कोष बनाएको छ भने विभिन्न संघ संस्था र व्यक्तिले अहिलेसम्म १५ लाख सहयोग गरेका छन् । प्रदेश सरकार गण्डकीले एक करोड महानगरको कोषमा दिएको छ भने सहयोग आउने क्रम जारी रहेको छ ।

पोखरा महानगरपालिकाले एकद्धार प्रणालीबाट व्यवस्थित रुपमा राहत वितरणको व्यवस्था मिलाएकाले सहयोग गर्न इच्छुक महानुभावलाई महानगरको विपद् व्यवस्थापन कोष, राष्ट्रिय वाणिज्य बैकको खाता नं. ३०२०३०५०४९४०६ मा सहयोग रकम जम्मा गर्न महानगरले आग्रह गरेको छ भने आफूखुसी राहत वितरण नगर्न पनि सबैलाई अनुरोध गरेको छ ।

Trident conecpt
vianet
PCC Mela

Leave A Reply

Your email address will not be published.