under featured image
Sky Link

थप २९३ जनामा संक्रमण, काठमाडौ उपत्यकामा दिनानुदिन सन्क्रमित बढ्दै, आज मात्रै ३० जना थपिए

Above News Headline

पोखरा भ्वाइस सम्वाददाता, असार २१, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित प्रेस बृफिङ मार्फत  दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा  काठमाडौ उपत्यका सहित देशभर थप  २९३ जनामा कोरोना संक्रमण थपिएका छन् । काठमाडौमा २७ जना, ललितपुरमा २ र भक्तपुरमा १  गरि उपत्यकामा मात्रै ३० जना सन्क्रमित थपिएका छन् । यो संगै अब नेपालमा कुल सन्क्रमितको संख्या १५७८४ पुगेको छ। मन्त्रालयका प्रबक्ता डाक्टर जागेश्वोर गौतमका अनुसार पछिल्लो २४ घन्टामा ४७१०जनाको PCR परिक्षण गरिएकोमा २९३ जनामा संक्रमण देखिएको हो। जुन संख्या कुल परिक्षणको ६.२% हुन आउँछ।  हाल सम्म सन्क्रमित मध्ये ६५४७ जना निको भै  घर फर्किसकेका छन् जुन संख्या कुल सन्क्रमितको ४१.५ % हुन आउँछ। देश भर क्वारेन्टाइनमा रहनेको संख्या ३१५७३ रहेका छन जबकी हिजो को सन्ख्या थियो। हाल आइसोलेसनमा रहनेको संख्या पनि घट्दै गयेर ९२०३ मा झरेको छ।आज सबैभन्दा बढी कंचनपुरमा ३२ जनामा संक्रमण देखिएको छ भने प्रदेश २ का धनुषा र रौतहटमा २७/२७ जना थपिएका छन् ।
हिजो क्वारेन्टाइन मा रहनेको सन्ख्या ३३१२५ थियो। जबकी आज उक्त संख्या घटेर ३१५७३ मा झरेको छ।

Trident conecpt
vianet inside
PCC Mela

Leave A Reply

Your email address will not be published.