under featured image
Sky Link

नेपालकै लिजेण्ड गायक गायिकाहरूको स्वरबद्ध गीत ‘कहिलेसम्म’ सार्वजनिक

(भिडियोसहित)

Above News Headline

पोखरा भ्वाइस संवाददाता, भाद्र ५, पोखरा

पोखरा सांगीतिक कलाकार संघ, नेपालको प्रस्तुति, नेपाल कै लेजेंड पप गायकहरूको वेजोड स्वरमा स्वरबद्ध, पोखरेली गायक गायिकाहरूले कोरोना महामारीका बीच उत्प्रेरणा जगाउने गीत ‘कहिलेसम्म’ सार्वजनिक गरेका छन् ।

शुक्रबार एस टु प्रोडक्सन यूट्युब च्यानलमार्फत उक्त गीत सार्वजनिक गरिएको हो । गीतमार्फत उत्प्रेरणा जगाउन पोखरा सांगीतिक कलाकार संघ नेपालले पहल गरेको हो । सार्वजनिक गीतमा श्याम सुङ्ग तामाङ्ग, भाई गुरुङ, विनोद बानिया, शान्ता बज्राचार्य, आनन्द राज बज्राचार्य, अमीत गुरुङ, इन्द्र गुरुङ, सुनिल थापा, प्राप्ति तुलाचन, बबि सुनार र एलिना गुरुङले स्वर दिएका छन् । सुनिल थापाले संगीत भरेको गीतको शब्द राजेन्द्र अधिकारीले लेखेका हुन् ।

Bg Hospital

कहिले सम्म?
सबै तिर छायो मन्दी न गाऊँ न शहर।
कहिले सम्म भोग्नुपर्ने कोरोनाको क़हर?

सजग रहौं स्वश्थ रहौं हामी हरेक पहर।
एकदिन पक्कै हट्नेछ कोरोनाको क़हर।

कहिले सम्म यी हात बॉंधी बस्नु पर्ने हो?
कहिले सम्म पेटमा पटुकी कस्नु पर्ने हो?
सानालाई सानै चिन्ता, ठूलालाई ठूलै चिन्ता।
थाह छैन लिलामीमा कहिले फँस्नु पर्ने हो?

Trident conecpt
vianet inside
PCC Mela

Leave A Reply

Your email address will not be published.