under featured image
Sky Link

दर्शकको मन जित्दै सन्तोष र समिक्षाको प्रेमिल गीत ‘एउटै मुटु’

भिडियो

Above News Headline

पोखरा भ्वाइस सम्वाददाता, मंसिर ९,
गायक सन्तोष बस्याल र गायिका समिक्षा अधिकारीको ‘एउटै मुटु’ बोलको गीतले दर्शकको मन जित्दै छ्। गीत अनुसारको अती नै मर्मस्प्र्सी भिडियो बनेकोमा निर्माण टिम खुशी छ।

ट्रेन्डिङ मा पर्नु मात्र सफल हुनु होइन” भन्दै गायक सन्तोष बस्याल आफ्नो गितलाइ दर्शक श्रोताले मन पराउदा खुशी छन। पोखरामा रहेर संगीत सँगै पत्रकारिता क्षेत्रलाई अगाडि बढाइरहेका बस्याल विगत १० वर्षदेखि संगीतमा आबद्ध छन् । गायक सन्तोष छिट्टै माछापुच्छ्रे हिमचुलिको गीतको भिडियो लिएर आउँदैछन ।

प्रथम क्षेत्री युटुबमा लेख्छन “हुन त आफुले गरेका हरेक काम आफुलाई मन पर्छ नै तर दर्शकलाई पनि मन परेमा मलाई भित्र मनमा सन्तुष्टि प्राप्त हुन्छ । हरेक काम फरक तरिकाले गर्ने प्रयास गरिरहेकाे छु । यसमा पनि अलिक भिन्न किसिमको प्रेम देखाउन खाेजेकाे छु । प्रेमले जात, धर्म, पेसा, रुप हेर्दैन याे त कसैकाे भावना प्रति हुने आकर्षण हाे । आजकाे नेपाली समाजमा एसिड आक्रमण भएपछि घिणाकाे रुपले हेरिन्छ । तर यस्तो निच साेच कसैले गर्नु हुदैन भन्ने बिषयलाई उठान गर्ने प्रयास गरेकाे छु । सङ्ख्यातमक रुपमा गित सफल हाेला नहाेला तर जति जनाले हर्नुहुन्छ मन पराउनुहन्छ भन्ने आस गर्दछु । मलाई हरेक तवरले साथ र सहयोग गर्नुहुने सम्पूर्णमा धन्यवाद ।”

Bg Hospital


प्रथम क्षेत्रीको निर्देशनमा तयार भएको म्युजिक भिडियोमा क्षेत्री सहित एन्जिला बानियाँको अभिनय रहेको छ ।
इश्वर खड्का ‘विशाल’ले लेखेको गीतलाई संगीतकार बाबुल गिरीले संगीत गरेका हुन् ।

सोलो मोसन पिक्चरको प्रस्तुतिमा बनेको गितको भिडियोलाई इश्वर थापा, हरि क्षेत्री र देविस तण्डन क्षेत्रीले निर्माण गरेका हुन् ।

भिडियो :

Trident conecpt
vianet inside
PCC Mela

Leave A Reply

Your email address will not be published.