under featured image
Sky Link

टेलिफिल्म ‘सम्बन्ध’ को शीर्ष गीत सार्वजनिक

Above News Headline

पोखरा भ्वाइस सम्वाददाता, मंसिर १८, काठमाडौं 

सञ्चारकर्मी कुमार आचार्यको निर्देशनमा तयार भएको टेलिफिल्म ‘सम्बन्ध’ को शीर्ष गीत सार्वजनिक भएको छ । गीतमा नविन पन्तको शब्द, विकास चौधरीको संगीत र उषा मलह (सिम्रन)को स्वर छ । गीत रेडबर्ड युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।

Bg Hospital


पारिवारिक टेलिफिल्ममा शिशिर राणा, सपना श्रेष्ठ, हर्षिका श्रेष्ठ, पुष्कर राउत, अस्मिता जुरेली, श्रेया दुलाल, प्रदिप गिरी, सुरेश क्षेत्री, उग्रसेन ढुंगाना, रविन्द्र अधिकारीको अभिनय रहेको छ । काठमाडौंका विभिन्न स्थानमा छायांकन भएको टेलिफिल्ममा रामेश्वर हुमागाईंको छायांकन, विकास चौधरीको संगीत, रामजी लामिछानेको कोरियोग्राफी र बन्दे प्रसादको सम्पादन छ ।
गीता आचार्य, प्रवेश आचार्य, रवी केसी र सरला भण्डारी निर्माता रहेको टेलिफिल्मको प्रस्तुतकर्ता करुणा आचार्य हुन् । टेलिफल्मका सहायक निर्देशक राम जे राउत हुन् ।
निर्देशक कुमारका अनुसार टेलिफिल्म आगामी माघ ३ गते शनिबार नौ बजे प्राइम टाइम्स एचडीबाट प्रसारण हुनेछ ।

भिडियो;

Trident conecpt
vianet inside
PCC Mela

Leave A Reply

Your email address will not be published.