
पोखरा भ्वाइस सम्वाददाता, पुस ६ ,
अघिल्लो वर्ष नेपालमा सम्मानित हुनु भएका संगीतकार गमजेरद्वारा संगीतबद्ध सुगम संगीतमा आधारित एउटा यूगल गीत हालै सार्वजनिक भएको छ । ‘म जुन बनिदिन्छु…’ शीर्षकको उक्त गीतमा गजमेरको संगीत छ ।
प्रेमिल शैलीको यस गीतका शब्दहरु गोपाल लोहारले रचना गरेका हुन् । गीतमा गायिका प्रविशा अधिकारी तथा गायक सुरेश लामाको स्वर सुन्न सकिन्छ ।

गोदावरीमा छायांकन भएको म्युजिक भिडियोमा हिट मोडेल इन्जमाम अली खान र जानकी थापाले अभिनय गरेका छन् । जानकी थापाले यस्अघी तिमीलाई पर्खि बसे भिडियो खेलेर चर्चा बटुलेकी छन ।
रोहिया महर्जनले कोरियोग्राफी गरेको यस भिडियोलाई दिर्घ गुरुङले छायांकन गरेका हुन् । विकाश दाहालको भिडियोमा सम्पादन रहेको छ ।
बिमल धमलाको प्रोडक्शन डिजाईन रहेको यस भिडियोमा वरिष्ठ निर्देशक तुलसी घिमिरेप्रति विशेष धन्यवाद व्यक्त गरिएको छ । भीमा लोहार उत्पादक रहेको यस भिडियोलाई श्याम लामा र काजी लिम्बुको निर्देशनमा तयार पारिएको हो ।
भिडियो
