under featured image
Sky Link

डा रमिल अधिकारी White Ribbon Campaign Ambassador नियुक्त

Above News Headline

नेपाली समाजसेवी एवं स्वास्थ्यकर्मी डा रमिल अधिकारी White Ribbon Campaign Ambassador नियुक्त हुनुभएकाे छ । उत्पिडनमा परेका महिलालाई सहयाेग गर्न एवं उत्पिडनका घटना हुन नदिन स्थापना गरिएकाे White Ribbon क्यानडाबाट सुरु भई हाल बहुसंख्यक विकसित देशमा क्रियाशील छ । लामाे समयदेखि न्युजिल्याण्डकाे सामाजिक कार्यमा पनि सक्रिय डा. रमिल न्युजिल्यान्डका विभिन्न सरकारी संस्थाहरूमा पनि सक्रिय हुनुहुन्छ । Public Health Assocoation, Wellington काे अध्यक्षको भूमिकामा उहाँ पुन: निर्वाचित हुनुभएकाे छ । त्यस्तै, National Stroke Foundation काे  Cultural Competency Development Panel Member पनि हुनुहुन्छ। सरकारी संस्थामा मात्रै नभएर उहाँ न्युजिल्यान्डका नेपाली समुदायबिच पनि सक्रिय रूपमा काम गर्दै हुनुहुन्छ । वेलिङ्टन नेपाली समाजकाे अध्यक्ष, नेपाली साहित्य समाज, नर्थ आइल्याड न्युजिल्याण्डका सल्लाहकार एवं अन्य विभिन्न भूमिकामा आफुलाई समर्पित गरिरहनुभएकाे छ । आफुलाई सक्रिय रूपमा सामाजिक एवं पेशागत कार्यमा अब्बल डा. रमिल सन् २०१८ देखि न्युजिल्याण्ड सरकारद्वारा प्रदान गरिएकाे Justice of Peace जस्ताे गरिमामय जिम्मेवारी पनि बहन गर्दै आउनुभएकाे छ । नेपालकाे पाेखरामा जन्मिएर न्युजिल्यान्डमा विगत १० वर्षदेखि कर्मभूमीका रूपमा क्रियाशील डा. रमिल अधिकारी न्युजिल्यान्ड र सम्पूर्ण नेपालीका लागि गर्वलायक पात्र हुनुहुन्छ ।

Trident conecpt
vianet inside
PCC Mela

Leave A Reply

Your email address will not be published.

  1. Ibindra Tiwari says

    Congratulations Brother