under featured image
Sky Link

“अमृत भनी पिएको’ गीतको म्यूजिक भिडियो विमोचन

बिशिष्ट अतिथि सुप्रसिद्ध चलचित्र निर्देशक, अभिनेता एवम् गीतकार तुलसी घिमिरे

Above News Headline

पोखरा भ्वाइस सम्वाददाता, माघ २७,
“अमृत भनी पिएको’ गीतको म्यूजिक भिडियो विमोचन गरिएको छ । बिशिष्ट अतिथि नेपाली सिनेमाका धरोहर सुप्रसिद्ध चलचित्र निर्देशक, अभिनेता एवम् गीतकार तुलसी घिमिरे र समाजसेवी एवम् संस्कृतिकर्मी विश्वमोहन गौचन‌ले म्युजिक भिडियो संयुक्त रुपमा बिमोचन गर्नुभएको हो ‌।
प्रेम वियोगमा आधारित सो गीतको रचना विनोद गौचनले गरेका हुन् । केशव सुवेदीको स्वर र सुमन श्रापितको संगीत छ । राष्ट्रिय संगीतकर्मी संघ गण्डकी प्रदेशको आयोजनामा भएको कार्यक्रममा निर्देशक घिमिरेले पोखरा सर्जक र सृजना जन्माउने उर्वरभूमि रहेको बताए । उनले लेखन, गायन, संगीतका साथै म्यूजिक भिडियोको कन्सेप्ट, अभिनय, निर्देशन, सम्पादन, भिडियोग्राफी सबै हिसाबले गीत उत्कृष्ट रहेको बताए । विश्वमोहन गौचनले गीतसंगीत सचेतना जगाउने बलियो माध्यम भएको बताए । कार्यक्रममा संस्थाका अध्यक्ष कृष्णप्रसाद गौतम, संगीतकर्मी नवराज बराल, पदमराज ढकाल, कलाकार अलौकिककवि देशभक्तसिंह कुँवर, काजी गाउँले, तवलावादक श्यामलाल श्रेष्ठ, व्यवसायी दशरथ सुनार, साहित्यकार मदन भण्डारीले बोलेका थिए ।
सोही समारोहमा नेपाली गीत संगीत‌‌ र चलचित्रको क्षेत्रमा पुर्याएको अतुलनीय योगदानको उच्च मुल्याङ्कन गरि विशिष्ट अतिथि चलचित्र निर्देशक अभिनेता एवम् गीतकार तुलसी घिमिरेलाई संस्थाद्वारा सम्मान पनि गरिएको थियो।

विशिष्ट अतिथि तुलसी घिमिरेले पोखरा र पोखराको‌ सुन्दरताको खुलेर प्रशंसा गर्दै पोखरा सर्जक र सृजना जन्माउने उर्वर भूमि‌ रहेको‌ बताउनु भयो‌ । सुटिङका क्रममा पोखरा धेरै पटक आएर धेरै बसेपनि औपचारिक कार्यक्रममा पहिलो पटक दश बर्ष अघि भाइ सुमन श्रापितद्वारा सम्पादित “पोखरामा फुलेका सुनाखरी” बिमोचनमा आएको स्मरण गर्दै यो पटक पनि यसरी पोखरा र पोखरेली सर्जकसङ्ग साक्षत्कार हुनु पाएकोमा आफू खुशी भएको जनाउदै फेरि फेरि आउने प्रतिबद्धता ब्यक्त गर्नु भएको थियो ।गीत म्युजिक भिडियोका बारेमा साहित्यकार एवम् समिक्षक मदन भण्डारीले समिक्षा गर्नु भएको थियो । गीत र म्युजिक भिडियोसङ्ग संबन्धित कलाकारहरुलाई‌ प्रसंशा पत्रद्वारा सम्मान गरिएको थियो । संस्थाका अध्यक्ष कृष्णप्रसाद गौतमको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष करन तामाङले र सञ्चालन सचिव बालकृष्ण वाग्लेले गर्नु भएको थियो ।

Bg Hospital

गीतको म्युजिक भिडियोमा कलाकारहरु देशभक्त सिंह कुँवर, संझना थापा बानियाँ, काजी गाउँले, अभिलेख घिमिरे, सिम्रन बानियाँ, बेबिका बस्नेत, भूमिका थापा आदिले अभिनय गर्नुभएको छ । जसको निर्देशन र सम्पादन सन्जु सुनारले र छायाङ्न मुबारक‌ अलीले गर्नुभएको हो ‌।

भिडियो हेर्नुस्

Trident conecpt
vianet inside
PCC Mela

Leave A Reply

Your email address will not be published.