under featured image
Sky Link

साहरुखको ‘पठान’मा सलमानको केमियो, तर पारिश्रमिक लिन मानेनन्

Above News Headline

पोखरा भ्वाइस सम्वाददाता, बैशाख ३,  नायक साहरुख खानको मुख्य भूमिका रहेको चलचित्र ‘पठान’मा अर्का नायक सलमान खानको केमियो भूमिका छ । यो चलचित्रका लागि सलमानले १० दिन यशराज स्टूडियोमा छायांकन समेत गरेका थिए । तर, भारतमा कोरोनाको संक्रमण ह्वात्तै बढेपछि चलचित्रको छायांकन रोकिएको छ ।

चलचित्रमा १० दिनसम्म केमियो भूमिकामा काम गरेका सलमानले पारिश्रमिक भने लिन नमानेको भारतीय मिडियाले उल्लेख गरेका छन् । चलचित्रको छायांकन सकिएपछि निर्माता आदित्य चोपडाले सलमानसँग पारिश्रमिकको बिषयमा कुरा गरेका थिए । तर, सलमानले साहरुखका लागि आफू जे पनि गर्न तयार भएको भन्दै पारिश्रमिक लिन मानेनन् ।

Bg Hospital

सलमानले यशराज ब्यानरकै चलचित्रमा काम गरिरहेका छन् । सलमानले पारिश्रमिक नलिएपछि आदित्य चोपडाले उनलाई महंगो गिफ्ट गर्ने तयारी समेत गरेको भारतीय मिडियाले उल्लेख गरेका छन् । यो बिषयमा आदित्य चोपडाले साहरुख खानसँग पनि कुरा गरेका थिए । साहरुखले भने –‘भाई त भाई नै हुन् नी’ भन्ने जवाफ दिएका थिए ।

यो चलचित्रमा नायिका दीपिका पादुकोण, नायक जोन अव्राहिम लगायतका कलाकारको पनि मुख्य भूमिका छ ।

Trident conecpt
vianet inside
PCC Mela

Leave A Reply

Your email address will not be published.