under featured image
Sky Link

कार्तिक आर्यनले छाडे ‘दोस्ताना २’, विग्रियो करणसँगको सम्बन्ध

Above News Headline

पोखरा भ्वाइस सम्वाददाता, बैशाख ४, सन् २००८ मा रिलिज भएको बलिउड चलचित्र ‘दोस्ताना’को सिक्वेलको काम तिव्र गतीमा चलिरहेको छ । सन् २०१९ मै यो चलचित्र निर्माणको घोषणा भएको थियो ।चलचित्रमा कार्तिक आर्यन, जानवी कपसर र लक्ष्मी लालवानीको मुख्य भूमिका रहने बताइएको थियो ।

Bg Hospital

तर, अब यो चलचित्रबाट नायक कार्तिक आर्यन बाहिरिएका छन् । कार्तिक र चलचित्रको निर्माण कम्पनी धर्मा प्रोडक्शनविचको सम्बन्ध विग्रिएपछि उनी चलचित्रबाट बाहिरिएका हुन् । एकातिर कार्तिकको डेट नहुनु, अर्कोतिर उनलाई चलचित्रको कथा पनि मन नपर्नु उनले चलचित्र छाड्नुको मुख्य कारण मानिएको छ । कार्तिकले चलचित्रका लागि २० दिनको छायांकन समेत गरिसकेका थिए । तर, उनले व्यवसायिक धर्म निर्वाह नगरेको भन्दै धर्मा प्रोडक्शन र यसका प्रमुख करण जोहर उनीसँग रिसाएका छन् । करण अब चलचित्रको काम नयाँ नायकको साथमा सुरु गर्ने तयारीमा छन् ।

कार्तिक आर्यनले चलचित्र ‘धमाका’को छायांकन सकेका छन् भने उनको चलचित्र ‘भूल भूलैया २’ पनि रिलिजको पर्खाइमा छ । बलिउडकै सबैभन्दा ठूलो चलचित्र निर्माण कम्पनी मानिएको धर्मा प्रोडक्शनसँगको टकराव कार्तिकका लागि कती भारी पर्ने हो, त्यो भोलीको दिनमा थाहा हुनेछ ।

 

Trident conecpt
vianet inside
PCC Mela

Leave A Reply

Your email address will not be published.