under featured image
Sky Link

यी बलिउड सेलिब्रेटी जसलाई रातारात फिल्मबाट निकालियो

Above News Headline

पोखरा भ्वाइस सम्वाददाता, बैशाख ४, बलिउड उद्योगमा केही कलाकारहरु रातारात नै सुपरहिट भएका छन्, कोही बलिउडमा चल्दा चल्दै एकाएक हराएका छन् । बलिउड भित्र कुन कलाकारको भाग्य कतिबेला चम्किन्छ अनि कतिबेला सडकमा पुग्छन् भन्ने कुराको टुङ्गो लगाउन नै सकिदैन । निर्देशकसँग मनमुटाब हुने, अभिनेता तथा अभिनेत्रीलाई स्क्रिप्ट मन नपर्ने, क्रिएटिव्जसँग सम्बन्ध नबन्ने जस्ता कारण पनि सेलिब्रेटीको करियरमा धक्का लाग्न सक्छ । केही दिन अगाडिबाट ‘दोस्ताना २’ को २० दिन सुटिङ गरेपछि अभिनेता कार्तिक आर्यन बाहिर निकालिएको छ । उनीमात्र होइन यसअघि पनि थुप्रै कलाकारहरुलाई फिल्मबाट बाहिर निकालिएको छ ।

शाहिद कपूर र कियारा आडबाणीको फिल्म ‘कबिर सिंह’ बक्स अफिसमा सुपरहिट भयो । फिल्मको मुख्य भूमिकामा रहेकी ‘प्रीति’ को भूमिकाका लागि तारा सुतारियालाई लिइएको थियो । तर उनी एकाएक निकालिइन् ।बलिउड अभिनेता ऋतिक रोशन र अमीषा पटेलको फिल्म ‘कहो न प्यार है’ मा अभिनेत्री करीना कपूरले साइन गरेको थिइन् । तर उनले पनि उक्त फिल्ममा काम गरिनन् ।

Bg Hospital

शाहरुख खान र रानी मुखर्जीको फिल्म ‘चलते चलते’ मा रानीभन्दा अगाडि ऐश्वर्या राय बच्चनलाई लिने भएको थियो । तर ऐश्वर्या र सलमानको ब्रेकअप भएपछि ऐश्वर्याले फिल्ममा काम गरिनन्  ऐश्वर्या राय बच्चनले मधुर भंडारकरको एउटा फिल्ममा अनुबन्धित भएकी थिइन् । उनी फिल्मको शुटिङ गर्दागर्दै गर्भवती भइन् । जसको कारण उनलाई फिल्मबाट निकालियो ।

दिवंगत अभिनेता सुशान्त सिंह राजपूत र कृति सेननको फिल्म ‘राब्ता’ हिट त भएन तर निकै चर्चामा रह्यो । उक्त फिल्ममा अभिनेत्रीको रुपमा आलिया भट्टलाई अफर गरिएको थियो तर आलिया फिल्ममा काम गर्न असमर्थ भइन् ।ऐश्वर्या राय र ऋतिक रोशको फिल्म ‘जोधा अकबर’ मा रणबीर कपूर अभिनेताको रुपमा थिए तर उनलाई रातारात फिल्मबाट निकालियो ।

सन् २०१५ मा चेतन भगतले ‘हाफ गर्लफ्रेन्ड’ मा सुशान्त सिंह राजपुतलाई लिइने घोषणा गरेका थिए तर अर्जुन कपूर उक्त भूमिकामा देखिए ।

Trident conecpt
vianet inside
PCC Mela

Leave A Reply

Your email address will not be published.