under featured image
Sky Link

सुरक्षा र मनोजले दिए प्रेमगन्ज को मुहुर्त सट

Above News Headline

पोखरा भ्वाइस सम्वाददाता, बैशाख ९
पछिल्लो समयकी लोकप्रिय नायिका तथा चलचित्र आमा की मुख्य पात्र सुरक्षा पन्त र दासढुङ्गा, बधशाला जस्ता चर्चित फिल्मका निर्देशक मनोज पण्डीतले चलचित्र प्रेमगन्ज को लागि शुभ मुहुर्त सट दिएका छन् । उनीहरुको पहिलो सटबाट चलचित्र प्रेमगन्जको छायांकन काभ्रे देउरालीबाट सुरु भएको छ । यो चलचित्रमा सुरक्षा र मनोजको विशेष अभिनय देख्न पाईने छ ।

विशुद्ध प्रेमकथामा आधारित यस चलचित्रमा बेनिशा हमाल, तेज गिरी, सम्पदा बानियाँ, नरेश पौडेल, रश्मी भट्ट, गिता अधिकारी, संजोग रशाईली, पवन भट्टराई, राईडर प्रशन्त, सुप्रिया खना, सिम्रन खड्का लगायतका कलाकारको अभिनय रहनेछ ।

Bg Hospital

कोरोनाको दोश्रो संक्रमण बढेपनि केही चलचित्रको छायांकन भने सुरु भएको छ । सोमबारबाट चलचित्र  ‘प्रेमगन्ज’ सँगै  ‘बाबरी’ नामक चलचित्रको पनि छायांकन सुरु भएको छ ।

चलचित्र चैतारको ब्यानरमा निर्माण हुने यस चलचित्रका निर्माता राजु फुयाँल हुन भने कार्यकारी निमार्ता अनन्तमान श्रेष्ठ हुन । यस चलचित्रलाई परिच्छेद सेन ले निर्देशन गर्दैछन् । चलचित्रलाई ४० दिनसम्म खिचिने निर्माणपक्षले बताएको छ । चलचित्रलाई काभ्रेसँगै काठमाडौंमा पनि खिचिनेछ ।

 

Trident conecpt
vianet inside
PCC Mela

Leave A Reply

Your email address will not be published.