under featured image
Sky Link

सलमान खानको ‘राधे’ ले सार्वजनिक गर्‍यो आकर्षक ट्रेलर

Above News Headline

पोखरा भ्वाइस सम्वाददाता, बैशाख ९, बलिउड स्टार सलमान खान अभिनित प्रतीक्षित फिल्म ‘राधे : योर मोस्ट वान्टेड भाई’ का ट्रेलर रिलिज गरिएको छ । ट्रेलरमा एक्सन, आकर्षक डाइलग र संगीत मिश्रण गरिएको छ । ट्रेलरमा अपराध दुनियाँको एक झलक समेत समेटिएको छ । जसको विरुद्धमा राधे देखिएको झलक राखिएको छ ।

प्रभुदेवा निर्देशित फिल्ममा रणदीप हुन्डा मुख्य भिलेनको भूमिकामा देखिएका छन् । फिल्ममा उनको एक विलक्षण भिलेन भूमिका रहेको छ । एक्सनका विभिन्न सिक्वेल समेत राधेको ट्रेलरको प्रमुख पाटो रहेको छ । ट्रेलरबाट फिल्मले सबैको मनोरञ्जन गराउने अनुमान लगाउन सकिन्छ । फिल्ममा सलमानसँग अभिनेत्री दिशा पटानीको केमेस्ट्री छ । ज्याकी श्रापलाई पनि फिल्ममा देख्न सकिन्छ । जो भारत पछि सलमानसँग यसै फिल्ममा देखिनेछन् । अहिले कोरोना महामारी छ । त्यही कारण पनि फिल्म जी स्टुडियोका साथ मल्टी प्लेटफर्ममा हाइब्रिड रिलिजका लागि तयार छ । यसबाट ४० बढी देशमा नाटकीय रिलिज र ‘पे पर ब्यु’ प्रसारण प्लेटफर्म जी प्लेक्समा एकसाथ रिलिजको सम्भावना छ ।

Bg Hospital

सलमान खान, सोहेल खान र रील लाइफ प्राइवेट लिमिटेडको निर्माण रहेको फिल्म यसै बर्षको इद अर्थात १३ मेमा रिलिज हुनेछ ।

Trident conecpt
vianet inside
PCC Mela

Leave A Reply

Your email address will not be published.