under featured image
Sky Link

बारपाकका बिरामीका लागि १० थान अक्सिजन कन्सन्ट्रेटर प्रदान

Above News Headline

पोखरा भ्वाइस सम्वाददाता, जेठ १९, गोरखा, कोरोना महामारी तीब्र रुपमा फैलिरहेको बारपाकका बिरामीका लागि १० थान अक्सिजन कन्सन्ट्रेटर प्रदान गरेको छ । माउण्टेन हर्ट नेपाल नामक गैरसरकारी संस्थाले सो अक्सिजन कन्सन्ट्रेटर बारपाकका लागि उपलब्ध गराएको हो ।

Bg Hospital

प्रताप अधिकारीको बिशेष पहलमा नेपाली काङ्ग्रेसका जिल्ला सभापति बारपाकका हरिबहादुर घले र संस्थाका अध्यक्ष डाक्टर अवन गौतमले सो सामग्री वडा सदस्य रामप्रसाद गुरुङलाई हस्तान्तरण गरेका थिए । सो अक्सिजन कन्सन्ट्रेटर बारपाकसम्म ल्याउन बारपाक सुलीकोट गाउँपालिकाले हेलिकोप्टर चार्टर गरेको घलेले जानकारी दिए । सो अक्सिजन कन्सन्ट्रेटर आवश्यकताको आधारमा बारपाक सुलीकोट गाउँपालिकाको अन्य वडाहरुमा पनि पठाउने समझदारी भएको सभापति घलेले जानकारी दिए । अहिले सबै अक्सिजन कन्सन्ट्रेटर बारपाक स्वास्थ्य चौकीमा राखिएको घलेले जानकारी दिए ।

Trident conecpt
Rakchhaya/vianet inside
PCC Mela

Leave A Reply

Your email address will not be published.