under featured image
Sky Link

मन मस्तिष्क र शरीरलाई सन्तुलन राख्न योगको महत्व

Above News Headline

पोखरा, ७ असार (रासस)
गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेलले योग र साधनाले मन मस्तिष्क र शरीरलाई सन्तुलन राखेर स्वस्थ जीवन प्रदान गर्न सकिने बताउनुभएको छ । सातौं अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा शुभकामना सन्देश व्यक्त गर्दै उहाँले जीवनलाई सकारात्मक सोचबाट अगाडि बढाउन योग साधना र ध्यानको महत्व रहेका उल्लेख गर्नुभएको हो ।
सन् २०१५ बाट संयुक्त राष्ट्रसंघले अन्तर्राष्ट्रिय योग दिवस मनाउन सुुरु गरेको र संसारभर जुन २१ लाई योग दिवसको रुपमा मनाउन थालिएको जनाउँदै योगले मनको भाव शुद्ध र सकारात्मक राख्न सघाउ पुर्याउने उल्लेख छ । “योग कुनै धर्म र अध्यात्मसँग नभई शरीर र प्रकृतिसँग सम्बन्धित रहेको चित्तको शुद्धतानै योगको प्रस्थानविन्दु हो र जीवनमा सदाचार प्राप्त गर्नको लागि योगको विकल्प छैन ।” सन्देशमा भनिएको छ ।
पूर्खाहरुबाट खोज, अनुसन्धान र अभ्यास भई आएका योग, ध्यान, साधनालाई नयाँ पुस्ताले पनि अनुशरण गर्न सके ठूला ठूला रोग र महाव्याधीबाट छुटकारा मिल्ने र स्वस्थ जीवन बाँच्न सकिने जनाइएको छ ।
सन्देशमा विश्व कोरोना महामारीसँग जुधिरहेको वर्तमान अवस्थामा शुद्ध आहार र सकारात्मक चिन्तनको आवश्यकता औल्याउँदै स्वस्थ र तनावमुक्त जीवन शैली व्यतित गर्न योग साधनाको महत्व रहेको उल्लेख छ ।

Bg Hospital

प्रदेश प्रमुख पौडेलले आजनै परेको संगीत दिवसको पनि सम्पूर्ण नेपालीमा सकारात्मक चिन्तन सहित स्वस्थ जीवन व्यतित गर्न सक्ने ऊर्जा मिलोस् भनी कामना गर्नुभएको छ । क

Trident conecpt
Rakchhaya/vianet inside
PCC Mela

Leave A Reply

Your email address will not be published.