under featured image
Sky Link

साग का पदक विजेता खेलाडीहरुलाई नगद पुरस्कारको घोषणा

गौरिकालाई ६५ लाख

Above News Headline

पोखरा २५, मंसिर

सरकारले १३औं दक्षिण एसियाली खेलकुद (साग) का पदक विजेता खेलाडीहरुलाई नगद पुरस्कारको घोषणा गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा पदक विजेता खेलाडीहरुलाई सम्बोधन गर्दै स्वर्णपदक विजेतालाई जनही ९ लाख, रजतपदक विजेतालाई जनही ६ लाख तथा कास्यपदक विजेतालाई जनही ३ लाख रुपैयाँ दिने घोषणा गरेका हुन् । प्रधानमन्त्री ओलीले पदक विजेता खेलाडी, प्रशिक्षक, व्यवस्थापक र खेल संघका पदाधिकारीहरुलाई बधाइसमेत दिएका छन् ।

‘एउटाभन्दा बढी स्वर्णपदक ल्याउने खेलाडीले ११ लाखका दरले प्राप्त गर्नेछन्’–प्रधानमन्त्री ओलीले भने ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले दुई वा सोभन्दा बढी स्वर्णपदक जित्ने खेलाडीहरुको हकमा प्रतिस्वर्ण ११ लाख रुपैयाँका दरले दिइने स्पस्ट पारे । त्यसैगरी, दुई वा दुईभन्दा बढी रजत वा कास्यपदक विजेताले भने सोहीअनुसार गुणा गर्दै पाउनेछन् ।

 

                                                     गौरिकालाई ६५ लाख

Bg Hospital

१३औं सागमा ‘जलपरी’ गौरिका सिंहले ४ स्वर्ण, २ रजत र ३ कास्यपदक प्राप्त गरेकी छन् । सोअनुसार गौरिकालाई सरकारले ६५ लाख रुपैयाँ दिनेछ । त्यस्तै, दुई स्वर्ण जितेका तेक्वान्दो खेलाडी आयशा शाक्य, कराते खेलाडी मण्डेकाजी श्रेष्ठ र गल्फर सुवास तामाङले जनही २२ लाख रुपैयाँ पाउनेछन् ।

पुरुष फुटबल टिमले एक करोड २४ लाख पाउने

टिम खेलका स्वर्णपदक विजेतालाई एकमुस्ट ९ लाख र जनही पाँच लाख रुपैयाँ दिइने बताइएको छ ।

जसअनुसार स्वर्ण जितेको पुरुष फुटबल टिमले एक करोड २४ लाख रुपैयाँ पाउने प्रेस सल्लाहकार थापाले जानकारी दिए ।

स्वर्ण विजेता प्रशिक्षकका हकमा पाँच लाख रुपैयाँ दिने घोषणा गरिएको छ ।

यही मंसिर १५ देखि २४ गतेसम्म काठमाडौं, पोखरा र जनकपुरमा आयोजित १३औं सागमा नेपालले ५१ स्वर्ण, ६० रजत र ९५ कास्य गरी २०६ पदक जितेको छ ।

Trident conecpt
vianet inside
PCC Mela

Leave A Reply

Your email address will not be published.