
पोखरा भ्वाइस् सम्बाददाता , पोखरा ४, पुस
पोखरा रंगशाला दुई हप्ता अघि न दिन न रात चौविसै घण्टा व्यस्त देखिन्थ्यो । १३ औँ दक्षिण एसीयाली खेलकुद (साग)को समापन सगैँ रंगशाला परीसर अहिले फोहोर राख्ने ठाउँ भएको छ । सागमा अतिथीलाई लगाएको माला र खाजा खान दिएका मःमका फोहोरले व्यवस्थापन खोजी रहेका छन् रंगशालाबाट यती वेला ।

रंगशालाको मैदानमा भएको दुवो पानी नपाएर मरेको छ । अतिथीलाई देखाउन रोपीएका फुल ओइलाएका छन् । फुलमा पानी हाल्नु पर्ने तर स्थानीय आयोजक भने साग भव्य रुपमा सम्पन्न भयो भन्दै कहिले पार्टी प्यालेसमा कक्टेल पाटी दिने त कहिले भ्रमणमा जाने गरेका छन् ।
लाज छोपेर संचालन गरीएको साग सकीए सगै निमार्ण कार्य पुरा नभएका ब्लकहरु तत्काल निमार्ण सुरु होलान् भन्ने खेलकर्मीहरुको अनुमान थियो तर, स्थानीय आयोजक रंगशाला निमार्णको कार्य पुरा गर्न छाडेर रमाईलो गर्न तर्फ मात्र केन्द्रीत हुन लागेको स्थानीय खेलाडीहरुको आरोप छ । साग सम्पन्न भएको १० दिन भएको छ । साग सकिए सगै पोखरामा संचालन भएको खेल तथा व्यवस्थापनमा भएको खर्च बारेमा स्थानीय आयोजक व्यवस्थापकहरुले सार्वजनीक गर्न ढिलो गर्नु हुदैन ।
हतार हतारमा सामन खरीद देखि व्यवस्थापन हुदा धेरै सामाग्री कमसल र आफ्ना नजिकका आफ्न्तहरुलाई सामाग्री खरीद र व्यवस्थापन गर्न लगाएको स्रोतले वताएको छ ।
रंगशाला निमार्णमा प्रयोग भएका सामाग्री कस्ता थिय भन्ने त रंगशाला प्रवेश गर्ने वितीकै सहजै थाहा पाउन सकीन्छ । ओइलाएका फुलका बोट, रंगशालामा मरेको दुवो, राखीएका गमलाहरुनै नहुनुले हतारको को काम लतार जस्तै देखाएको छ ।
सागका खेलहरु मध्येमा ८ खेल पोखरामा भएका थिए । आठ मध्येमा पनि पाँच खेल रंगशालामा भएका थिय । राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेश गुरुङ पोखरामा हुने सवै खेल स्थल निर्माण र आवस्यक पुर्वाधार निर्माण नसके सम्म ननिदाउने सार्वजनिक प्रतिवद्धता जनाएका थिए तर साग सकिए सगै उनी पार्टी तथा भ्रमणमा लागेका छन् ।
